अर्थ संसार
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिनुभएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।
मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सबैको सहमतिमा नै आफूले उचित कदम चाल्ने बताउनुभएको बुझिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस