Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार साढे ८ अंकले घट्यो, कारोबार ३ अर्ब भन्दा कम

अर्थ संसार

विहीबार, ११ असार २०८३, १५ : ०९ मा प्रकाशित

सेयर बजार साढे ८ अंकले घट्यो, कारोबार ३ अर्ब भन्दा कम

बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८३ कम्पनीको सेयर मूल्य बढेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६४ अंकले घटेर ४५८.२३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन बजारमा ३ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । 

आज सेयर बजारमा ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कत्ता सेयर ४६ हजार ७५१ पटक खरिद बिक्री हुँदा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको