एमाले उपाध्यक्ष विष्णु पौडेलको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उनलाई थुनामुक्त गर्न मागसहित दायर गरिएको बन्दी प्रत्याक्षीकरणको रिटमा अदालतले उक्त आदेश दिएको हो ।
अदातका न्यायाधीश श्रीकान्त पौडेलको इजलाशले कारण देखाऊ आदेश जारी गरेको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत सोमबार सुर्खेतबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको थियो । उनलाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको भन्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस