नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामो ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस