Like us!
Follow us!
Connect us!
Watch us!

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा भरतराज ढकाल

शनिबार, २३ बैशाख २०७४, १९ : ३८ मा प्रकाशित

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा भरतराज ढकाल

अर्थ संसार 
काठमाडौं -डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित भएका छन् । एशोसिएसनको सम्पन्न एघारौ वार्षिक साधारण सभाले अध्यक्षमा ढकाललाई चयन गरेको हो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, द्धितिय उपाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशपौडेल, महासचिवमा भिवोर सोसाईटी डेभलपमेण्टका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल, सचिवमा फेवाविकास बैंकका प्रमुख कार्यकारी अधिकृत  रेशमबहादुर थापा, कोषाध्यक्षमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ, र सदस्यहरुमा  वेस्टर्न डेभलपमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत खिमबहादुर जि.सी, सिन्धु विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जीव प्रधान, कञ्चन डेभलपमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत वीरुराम जैसी, कन्काई विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बर्जाचार्य, साहारा विकास बैंक लि.का प्रमुखकार्यकारी अधिकृत अजितकुमार झा  गरी एघार सदस्यीयकार्य समिति चयन गरेको छ ।

उक्त साधारण सभाको उद्घाटन नेपाल राष्ट्र बैंककागर्भनर श्री चिरञ्जीवी नेपालले गरेका थिए । साथै नेपालधितो पत्रबोर्डका अध्यक्षश्री रेवतबहादुर कार्की र विमा समितिका अध्यक्षश्री चिरञ्जीवी चापागाईले शुभकामनामन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता निर्वतमान कार्य समितिका अध्यक्ष  कृष्ण राज लामिछानेले गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको