Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको पाँच अर्बको नागरिक बचतपत्रमा निष्काशन, साढे ८ प्रतिशत ब्याज पाइने

आइतबार, २४ बैशाख २०७४, १४ : ४५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको पाँच अर्बको नागरिक बचतपत्रमा निष्काशन, साढे ८ प्रतिशत ब्याज पाइने

अर्थ संसार 
काठमाडौं– आज नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गरेको छ । 
बचतपत्रमा वैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म बोलपत्र पेश गर्न सकिने  प्रेस विज्ञप्तीमा उल्लेख छ । 


बचतपत्र नजिकको वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ ।

वार्षिक रुपमा ८.५ प्रतिशत ब्याजदरको बचतपत्रको ०७९ जेठ १९ गते सावाँ फिर्ता हुनेछ । प्रत्येक छ महिनामा ब्याज प्राप्त हुने उक्त बचतपत्र घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको