Like us!
Follow us!
Connect us!
Watch us!

यो साता सेयर बजार किन भयो राताम्य ?

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १० : १५ मा प्रकाशित

यो साता सेयर बजार किन भयो राताम्य ?

यो साता नेपालको सेयर बजारका लगानीकर्ताहरुका लागि सुखद रहेन । आज (बिहिबार) शिवरात्रीको सार्वजनिक बिदा परेका कारण हिजो (बुधबार) नै यो साताको कारोबारको अन्तिम दिन हो । 

नेप्सेमा साप्ताहिक रुपमा ५ दिन कारोबार हुँदै आएको यो साता २ दिन सार्वजनिक बिदा परेका कारण जम्मा ३ दिन मात्र नेप्सेमा सेयर कारोबार भएको हो । 

यो साताको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो सातासम्म पनि दैनिक औसत ६ अर्ब माथिको सेयर कारोबार हुँदै आएकोमा यो सातामा भने कारोबार रकम पनि घटेर ४ अर्बमा सिमित हुन पुगेको छ । 

यो सातामा नेप्से परिसूचक ४८.४५ अंकले घटेको छ । अघिल्लो सातामा पनि नेप्से परिसूचक लगातार ओरोलो यात्रा तय गरेको थियो तर कारोबारको अन्तिम दिन अर्थात बिहिबार भने ९० अंकले नेप्से परिसूचक बढसँगै सेयर बजार केहि सम्हालिन पुगेको थियो । 

यो साता नेपालको सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण नै राजनीतिक परिवर्तन रहेको जानकारहरु बताउछन् । सर्वोच्व अदालतले संसद पुर्नस्थापनको आदेश गरेसँगै ओरालो लागेको बजार अझै उकालो लाग्न सकेको छैन । 

अहिले आम लगानीकर्ताहरुमा सरकार परिर्बन हुनसक्ने र नयाँ सरकार बन्ने हुँदा कसको नेतृत्वमा कस्तो सरकार बन्ने हो भन्ने द्धिविधाका पनि कारण लगानीकर्ताहरु सेयर बजारमा खुलेर लगानी गर्न सकिरहेको देखिदैन  जसका कारण नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको हो । 

अहिले देशको राजनीतिक भविष्य नै अन्योल छ कतिबेला सरकार ढलेर नयाँ सरकार बन्ने हो । कुनै निष्चितता छैन अनि देशको राजनीतिक अस्तव्यस्तताकाबीचमा आफुहरुले खुलेर लगानी गर्न नसकेको लगानीकर्ताहरुको तर्क छ । 

अहिलेको बजारको ट्रेन्डलाई हेर्दा लगानीकर्ताहरु पर्ख र हेरको मनोभावमा देखिन्छन् । लगानीकर्ताहरुमा खुलेर सेयर बेचेर बजारबाट बाहिरिने भावना पनि विकास भएको देखिदैन भने खुलेर लगानी गर्न पनि नसकिरहेको देखिन्छ । 

कारोबार रकम र नेप्से परिसुचक दुवैमा गिरावट आँउदा समेत बजारमा बिक्रि आदेश भन्दा अत्याधिक संख्यामा खरिद आदेश देखियको छ । अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार नै माग बढेसँगै वस्तुको मूल्य पनि बृद्धि हुनुपर्ने हो तर अहिले नेपालको सेयर बजारमा यो अर्थशास्त्रको सामान्य सिद्धान्त लागु भएको देखिदैन । 

बुधबारको कारोबारको प्रारम्भमा अरुभ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशत भन्दा बढिले बृद्धि भएको थियो तर कारोबारका क्रममा कम्पनीको मूल्य आरोलो लाग्दै गयो र अन्तिम सम्ममा कम्पनीको सेयर मूल्य ३.५१ प्रतिशतले घट्न पुग्यो ।

जबकी कम्पनीको सेयरमा प्रारम्भ देखिनै बिक्रेताको तुलनामा ४ गुणा भन्दा बढि खरिदकर्ताहरुको उपस्थिती देखिन्थ्यौ । यसरी माग उच्च रहेको कम्पनीको सेयर मूल्य यसरी घट्नुको कारण कि नक्कली खरिदकर्ताहरु बजारमा सक्रिय भएको हुन पर्यो नत्रभने यो त्यती स्वभाविक नभएको जानकारहरुको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको