Like us!
Follow us!
Connect us!
Watch us!

युएईलाई नेपालले दियो २९० रनको लक्ष्य, दीपेन्द्रले बनाए सतक

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, १३ : ३७ मा प्रकाशित

युएईलाई नेपालले दियो २९० रनको लक्ष्य, दीपेन्द्रले बनाए सतक

आइसीसी क्रिकेट लिग २ अन्तरगत जारी नेपाल, यूएई र ओमान बीचको सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई जितका लागि २९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो । 

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सतक प्रहार गरेका छन् । उनले टोलिका लागि १०० रनको पारी खेले । त्यस्तै ओपनर विनोद भण्डारीले पनि टोलिका लािग ५६ रनको अर्धसतक प्रहार गरे । गुल्सन झाले टोलिका लागि ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । आजको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अर्जुन कुमाले भने ११ रन मात्रै बनाए । 

युएईका लागि अजय कुमार र जुनेद सिद्धिकीले समान २ विकेट लिए । त्यस्तै हैदर अलीले एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको