Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ : हात्ति आयो, हात्ति आयो फुस्स !

आइतबार, २४ बैशाख २०७४, २२ : ५० मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ  : हात्ति आयो, हात्ति आयो फुस्स !

अर्थ संसार 
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ  ‘हात्ति आयो हात्ति आयो फुस्स’ भने जस्तै भएको छ । भोली भोली भन्दा भन्दै अझै कहिले बाँडफाँट  हुने हो अझै टुङगो छैन ।

गत शनिबार बिक्री प्रबन्ध एनएमबि क्यापिटलले आइतबार वा सोमबार बाँडफाँड  हुने भनिएतापनि (आज) सोमबार पनि बाँडफाँट हुनेमा अझै केही टुङगो लागेको छैन ।

आइतबार बेलुका एनएमबि क्यापिटलका प्रमुख संचालक अधिकृत कमल नेपाललाई सेयर बाँडफाँट कहिले हुन्छ भनी प्रश्न गर्दा नेपालले भने ‘ धतोपत्र बोर्डका मानिसहरु कुरा भैइरेको छ, अझै यति गते नै बाँडफाँट हुन्छ भनेर भन्न सकिदैन ।’

आश्वाबाट आएको आवेदनमा समस्यालाई समधान गर्न सके (आज) सोमबार पनि सेयर बाँडफाँट हुन सक्ने अधिकृत नेपालले अर्थ संसारलाई बताए । अधिकृत नेपालको भनाईलाई हेर्दा आज पनि सेयर बाँडफाँट हुने देखिदैन ।

त्यसो भए कहिले हुन्छ त ? सेयर बाँडफाँट । धितोपत्र बोर्डले दिएको सेयर बाँडफाँडको मिति पनि आज ३ दिन नाघि सक्यो ।   

 आश्वाबाट आएको आवेदनमा समस्या भएकोले धितोपत्र बोर्डले दिएको अबधिमा सेयर बाँडफाँट गर्न नसकिएको क्यापिटलले जनाउँदै आएको छ ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको