Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिलेदेखि ?

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, ११ : ०६ मा प्रकाशित

ग्रीन लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिलेदेखि ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । कम्पनीले GLH सिम्बाेल पाएकाे छ ।

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । सम्भवत कम्पनीकाे आईपीओ भाेलि शुक्रबार नेप्सेमा सूचिकृत हुनेछ ।  दाेश्राे बजारमा कम्पनीकाे काराेबार अर्काे सातादेखि हुने तयारी गरिएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम मूल्य ९९ रूपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रूपैयाँ एक पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ६७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २९९ रूपैयाँ एक पैसा हुन्छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको