Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाईफ हाइड्रोपावरकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १५ : ०१ मा प्रकाशित

ग्रीनलाईफ हाइड्रोपावरकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

ग्रीनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा माघ २१ गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, कमलपाेखरी, काठमाडाैँमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी सञ्चालक समितिले निर्णय गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट पाैष ५ मा नियुक्त भएका लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि.ए. छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिएका छन् । 

सभाले सञ्चालकहरुको पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको बैठक भत्ता सिफारिस गर्ने, कम्पनीको संस्थापक समूह "क" बाट ५ जना तथा सर्वसाधारण समूह "ख" बाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको