Like us!
Follow us!
Connect us!
Watch us!

इग्नीसन अटोद्वारा Touring कार्यक्रम आयोजना

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १७ : २३ मा प्रकाशित

इग्नीसन अटोद्वारा Touring कार्यक्रम आयोजना

नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटोप्रा. लि.ले आफ्ना ग्राहकहरुलाई Covid कालमा दैनिक जीवनयापन , ब्यवसयिक गतिशिलताका बिषयमा अन्तरक्रिया, आन्तरिक पर्यटन प्रवद्र्दन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रभाह गर्ने उद्देश्यका साथ  फाल्गुन २९ गते VR Exploring Adventure नामक “Touring” कार्यक्रम आयोजना गरेको छ । 

त्रिपुरेश्वर स्थित हार्डफोर्डशोरुमदेखी सुरु भएको राइड, हार्डफोर्डका नेश्नल हेड  समिर महर्जनले शुभारम्भ गरेका थिए जुन सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बुढानिलकण्ठ हुँदै भोटेचौरसम्म पुगी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हार्डफोर्ड सर्भिस सेन्टर बौद्धमा पुगी सम्पन्न भएको थियो ।

यस राइडमा ३६ वटा हार्डफोर्ड सवार ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल र्यालीका लागी रोड क्यापटेन मनिश बज्र शाक्य थिए। बिहानको ९.०० बजे त्रिपुरेश्वर देखी सुरु गरिएको मोटरसाईकल र्याली २ बजे भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु गरिएको थियो ।  बेलुकी ७.०० बजे इग्निसन अटो प्रा.लि.को आधिकारिक सर्भिश सेन्ट्र बौद्ध पुगी समापन भएको थियो ।
“Lucky Draw”बाट भुषण राज बज्राचार्य विजयी भएका  थिए भने “ARM Wrestling”मानन्द मर्हजन प्रथम भएका थिए  ।

त्यसका साथै “Bingo Full House Winner” पनि भुषण राज बज्राचार्य नै भएका थिए । उनहरु सबैलाई हार्डफोर्डका तर्फबाट उपहार पनि प्रदान गरिएको थियो । 
 

604f47afa1dee.jpg 604f47afb1d32.jpg 604f47b0edebc.jpg 604f47b156cc3.jpg 604f47b26d438.jpg 604f47b359ace.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको