Like us!
Follow us!
Connect us!
Watch us!

एशियन कंक्रिटोले आईपीओ निष्काशनकाे अनुमित माग्दै धितोपत्र बोर्डमा दियो आवेदन

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, १५ : १६ मा प्रकाशित

एशियन कंक्रिटोले आईपीओ निष्काशनकाे अनुमित माग्दै धितोपत्र बोर्डमा दियो आवेदन

एशियन कंक्रिटो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कुल १० करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति माग गरेको छ।

यसअघि साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भए पनि कम्पनीले हाल अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने गरी आवेदन दिएको हो। आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
एशियन कंक्रिटो लिमिटेडले आवासीय, व्यावसायिक, औद्योगिक तथा संस्थागत परियोजनाका लागि कंक्रीट इन्टरलकिङ पेभर्स, केर्बस्टोन, प्याभिङ स्ल्याब, कंक्रीट ब्रिक्स र होलो ब्लकजस्ता निर्माण सामग्री उत्पादन तथा आपूर्ति गर्दै आएको जनाएको छ। कम्पनीले आधुनिक प्रविधि र अभ्यास प्रयोग गरी उच्च गुणस्तरका ल्यान्डस्केपिङ उत्पादन उपलब्ध गराउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको