Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु सेक्युरिटिजले चितवनमा खोल्यो नयाँ शाखा,उद्घाटनमा हात्तीसमेत प्रयोग

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, १६ : १६ मा प्रकाशित

सुमेरु सेक्युरिटिजले चितवनमा खोल्यो नयाँ शाखा,उद्घाटनमा हात्तीसमेत प्रयोग

सुमेरु सेक्युरिटिज प्रा.लि. ले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै चितवनमा चौथो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले शुक्रबार नारायणगढस्थित लायन्सचोकमा नयाँ शाखा उद्घाटन गरेको हो।

शाखाको उद्घाटन नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिइओ चूडामणि सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा लगानीकर्ता, व्यवसायी तथा सेयर बजारसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमलाई आकर्षक बनाउन हात्तीसमेत प्रयोग गरिएको थियो।

कम्पनीले २०६५ सालमा सञ्चालन अनुमति प्राप्त गरी औपचारिक कारोबार सुरु गरेको थियो। कम्पनीले हाल सेयर खरिद–बिक्री, डिम्याट खाता खोल्ने, मेरो सेयर सेवा तथा सेयर व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीका अध्यक्ष प्रियन्सु अग्रवाल का अनुसार काठमाडौंको ज्ञानेश्वरस्थित प्रधान कार्यालयबाट सेवा सञ्चालन गर्दै आएको सुमेरुले विस्तारको क्रममा झापामा दोस्रो शाखा र पोखरामा तेस्रो शाखा स्थापना गरिसकेको छ। चितवन शाखा कम्पनीको चौथो शाखा हो।

सुमेरु सेक्युरिटिजले डिजिटल तथा प्रविधिमैत्री सेवा विस्तारमा जोड दिएको जनाएको छ। कम्पनीमार्फत मेरो सेयर खाता खोल्ने सुविधा, अनलाइन कारोबार प्रणाली, बजार विश्लेषण, दैनिक बजार अद्यावधिक तथा लगानीसम्बन्धी जानकारी उपलब्ध गराइनेछ।

त्यसैगरी ग्राहक केन्द्रित सेवा, मार्गदर्शन, समस्या समाधान सहयोग, वास्तविक समयको बजार तथ्यांक, वेब तथा मोबाइल कारोबार प्रणाली, कम शुल्कमा ब्रोकर सेवा र चौबिसै घण्टा ग्राहक सहयोग उपलब्ध गराइने कम्पनीको दाबी छ।

कम्पनीका संस्थापक प्रेम अग्रवाल ले सेयर बजारमा सहज, पारदर्शी र प्रविधिमैत्री सेवा विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको बताउनुभयो। उहाँले काठमाडौं बाहिरका लगानीकर्तालाई गुणस्तरीय सेवा पुर्‍याउने लक्ष्यसहित शाखा विस्तार गरिएको उल्लेख गर्नुभयो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको