Like us!
Follow us!
Connect us!
Watch us!

भागरथी हत्या प्रकरण : अभियुक्तले बयान फेरे !

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १० : ५२ मा प्रकाशित

भागरथी हत्या प्रकरण : अभियुक्तले बयान फेरे !

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणका अभियुक्तले बयान फेरेका छन् । हत्या अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले  भागरथीको हत्या आफूले नगरेको भन्दै बयान फेरेका हुन् । 

डोटीको सिलगढीमा रहेको सुधारगृहमा रहेका अभियुक्त किशोरले आफैंले हत्या नगरको भन्दै बयान  फेरेका हुन्। यसअघि जिल्ला प्रहरी कार्यालय, बैतडीको प्रहरी हिरासतमा दिनेशले अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका थिए । सुधार गृहमा रहेका छोरालाई भेटेपछि उनका बुवा दीपकले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बलात्कार र हत्या नगरेको दाबी गरेका हुन्। 

यसअघि अभियुक्त किशोरले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधीशलाई दिएको बयानमा आफैले हत्या गरेको स्वीकार गरेका थिए ।  त्यतिबेला किशोरले बुवाकै सामुन्ने भागरथीको हत्या र बलात्कार आफैंले गरेको बयान दिएका थिए। अभियुक्तले बयान फेरेसँगै उनका बाबुले घटनाबारे थप अनुसन्धान हुनुपर्ने बताएका छन् ।

 गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । फागुनमा ४ गते पक्राउ परेका दिनेशलाई प्रहरीले फागुन ५ गते सार्वजनिक गरेको थियो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको