बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणका अभियुक्तसँग मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट अभियुक्त दिनेश भट्टको डीएनए मिलेको पाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप सजिलो हुने प्रहरीले जनाएको छ ।
उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । अगाडी हत्या स्वीकार गरेका उनले सुधार गृहमा रहेका बेला आफूले हत्या नगरेको भन्दै बयान फेरेका थिए ।
भट्टलाई प्रहरीले हत्या आरोपमा फागुनमा ४ गते पक्राउ गरी फागुन ५ गते सार्वजनिक गरेको थियो। गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस