Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १२ : ०१ मा प्रकाशित

पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता भएको छ । बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले यी दुई संस्था बीच चैत्र ८ मा एक सम्झौता भएको हो ।

उक्त साझेदारीको मुख्य उद्घेश्य भनेको युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्यानु हो । यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको छ । अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पुर्याउने संस्था हो ।

यसको विस्तृत जानकारी तथा सहयोगी बन्नको लागी सुन्न र सब्स्क्राइब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुहोस वा युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरहरुमा  उपलब्ध भई रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको