अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दाग नलागेको र विगतका गतिविधि केलाएर सही व्यक्ति नियुक्त गरिने बताएका छन् । उनले अध्यक्षमा नियुक्त हुने व्यक्तिको दश पुस्ते सम्वन्ध र गतिविधि केलाएर नियुक्त गर्न लागिएको बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामीले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ती गर्नेमा लागि परेका छौं,’ उनले भने ।
बीमा प्राधिकरणमा नियुक्त हुने अध्यक्षको हकमा पनि त्यसै गरिने उनले बताए । ‘हामी सही मानिस ल्याउने छौं । बीमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ,’ उनले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस