Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो खेलमै बराबरीमा रोकियो रोनाल्डोको पोर्चुगल, कंगोकाे पहिलाे गाेल र अंक

अर्थ संसार

विहीबार, ०४ असार २०८३, ०६ : ३५ मा प्रकाशित

पहिलो खेलमै बराबरीमा रोकियो रोनाल्डोको पोर्चुगल, कंगोकाे पहिलाे गाेल र अंक

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा  पोर्चुगल डिआर कंगो सँग १–१ को बराबरीमा रोकिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएकव समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो ।

पोर्चुगलका जोआओ नेभेसले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् । तर, ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि उनले गोल भने गर्न सकेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको