Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १२ : १८ मा प्रकाशित

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाबाट  बिक्री खुल्ला भएको छ ।

संस्थाको ५६ हजार २७० कित्ता सेयर आजबाट बिक्री खुल्ला भएको हो । उक्त सेयरहरू खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज (बुधबार) देखि बैशाख २१ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७९१ रुपैयाँ तोकिएको छ त्यसैले लगानीकर्ताले सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
उक्त सेयरको बिक्री प्रवान्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60641856b72e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको