Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक पाँचौ पटक सम्मानित

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, १६ : ०३ मा प्रकाशित

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक पाँचौ पटक सम्मानित

आर्थिक वर्ष २०७५/२०७६मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मागर्ने नबिल बैंकलाई आन्तरिक राजश्वविभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गतआर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । 

विभागले गतमंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मागर्ने सुचीमानबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रमभने भएको थिएन । 

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ  पटक हो । समृद्ध मुलुकनिर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्यायकोमागर्व महसुस भएको जनाएको छ । बैंकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । 

नबिलबैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागिपायोनियर बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवनयापन र उनीहरुको आर्थिक बृद्धिलाई समेत व्यापक पहुँच पुराइरहेको छ । 

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैया कर बुझाएको छ । यो भनेको बैंकको कुलपुँजीको १ दशलमव ५ गुणा बढी हो । 

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशतलाभांशवितरण गरिसकेको छ । 

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचयबनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउदै आफ्नो व्यवसाय र सेवातीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ । 

स्थापना भए देखि हालसम्म बैंकले १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो । 
बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलर मार्फत कर्मचारी अनुभवमाउत्कृष्ट अवार्ड पनिप्राप्त गरेको छ ।  

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्टरहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा कामगर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको