Like us!
Follow us!
Connect us!
Watch us!

भाइरल पुण्य गौतमको यस्तो छ सेयर टिप्स

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ०८ : ०० मा प्रकाशित

सेयर बजारको दुनियाँमा प्रवेश नगरेका पुण्य गौतमले सेयर टिप्स दिँदै लगानीकर्ताहरूलाई सँधै नाफाको दृष्टिकोणले मात्र सेयर कारोबार नगर्न आग्रह गरेका छन् ।

अर्थसंसार डटकमको कार्यक्रम आर्थिक प्रश्नको कुराकानीमा गौतमले  लगानीकर्ताहरूलाई सँधै नाफाको दृष्टिकोणले सेयर कारोबार गर्दा डुब्ने खतरा रहेको बताएका छन् । आफू सेयर बजारको दुनियाँमा प्रवेश नगरेको भएतापनि यसबारे जानकारी भने राख्ने गरेका उनले सेयर बजारको विस्तृत जानकारी लिएर मात्र लगानी गर्दा  डुब्ने खतरा कम हुने बताएका छन् ।

लगानीकर्ताहरूलाई सेयर टिप्स दिँदै उनले आफूलाई निर्मल प्रधानको सेयर यात्राको बारेमा थाहा रहेको बताए । लगानी नगरेपनि रविन्द्र भट्टराईको किताब पढेर धेरै कुरा थाहा पाएको उनी बताउँछन् ।

आर्थिक कुराकानी गर्ने क्रममा उनले पैसाको परिभाषा दिँदै पैसा साधन हो तर साध्य नभएको बताएका छन् । उनी भन्छन्, "पैसा महत्वपूर्ण चीज हो सबथोक होइन । पैसालाई तपाईँले सदुपयोग गर्नुपर्छ, पैसाले तपाईँलाई चलाउनु हुँदैन ।"

आफ्नो आर्थिक स्वभावको बारेमा बताउँदै उनले आफू घाँटी हेरेर हाड निल्ने गरेको बताउँछन् । उनी भन्छन्, "अरू घोडा चढे भनेर म धुरी चढ्दिन म आफ्नो घाँटी हेरेर हाड निल्ने गर्छु, फजुल खर्च गर्दिन लोभी पनि छैन ।"

उनीसँग गरिएको आर्थिक कुराकानी तल प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको