Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सा शिक्षामा स्नातक भर्नाका लागि अनलाइन आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १२ : ०२ मा प्रकाशित

चिकित्सा शिक्षामा स्नातक भर्नाका लागि अनलाइन आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकिकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । 

चिकित्सा शिक्षा आयोगले एमबिबिएस, बिडिएस, बिएससी नर्सिंग, बिपिएस, बि फर्मा, बि अप्टोमेट्री, बि पिटी, बि. एन. एस लगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ । ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत्र ९ गतेदेखि वैशाख  १२ गतेसम्म अनलाईनबाटै आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लग(इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ। 

खल्तीमा भुक्तानी पछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गइ ट्रान्ज्याक्सन आइडीको अन्तिमको ६ अंक राखी बाँकि फारम भर्न पर्नेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको