Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासनको अनुमति माग्दै अपर सोलु हाइड्रो बोर्डको ढोकामा

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १२ : ४२ मा प्रकाशित

आईपीओ निष्कासनको अनुमति माग्दै अपर सोलु हाइड्रो बोर्डको ढोकामा

अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

606d56ec32627.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको