Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्ण–१ मा एमाले विजयी

सोमबार, ०१ जेठ २०७४, १६ : १४ मा प्रकाशित

अन्नपूर्ण–१ मा एमाले विजयी

अर्थ संसार 
बाबियाचौर- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले) का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ  ।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी हुनुभएको छ । 

दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गर्नुभएको थियो । 

आठ सय ६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको मतगणाना सुरु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको