Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीको हत्या र लुटपाटको घोर भर्त्सना

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १६ : ४७ मा प्रकाशित

व्यवसायीको हत्या र लुटपाटको घोर भर्त्सना

सिराहाको लाहन नगरपालिका १३ गढिया चोकस्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समुहले २०७७ चैत्र २८ गते शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घट्ना प्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

यस घट्नाको घोर भर्त्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारबाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै लुटेराहरुको आक्रमणबाट सख्त घाइते भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको अभिलम्ब उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष महासंघ माग गर्दछ । 

व्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनु जस्ता घट्नाले शान्ति सुरक्षा कमजोर रहेको स्पष्ट हुन्छ । शान्ति सुरक्षाको कमी कै कारणले आभुषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका छन् । 

तसर्थ शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको