Like us!
Follow us!
Connect us!
Watch us!

मध्य ताराखोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १० : ५३ मा प्रकाशित

मध्य ताराखोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मध्य ताराखोला हाईड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा असार २४ गते कम्पनी रजिष्टर्डको कार्यालय बाग्लुङमा बिहान ११ बजे बस्नेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

साथै सभामा सञ्चालक समितिका तर्फबट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको