Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १६ : २४ मा प्रकाशित

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि

जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको छ । 

हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ ।

मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाँझीएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले भने ।
‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो ।’ श्रेष्ठले थपे ।
उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको