Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १४ : ५९ मा प्रकाशित

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो ।

मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिए । त्यस्तै केबलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा समेत सरसफाइ गरिएको थियो ।

विसं २०५५ मङ्सिर ८ औपचारिकरुपमा सञ्चालनमा आएको मनकामना केबुलकारले शुक्रबार सेवा प्रारम्भ गरेको २५ वर्ष पूरा गर्दैछ । मनकामना केबलकार हुँदै गोरखाको सहिद लखन गाउँपालिकाको वडा नं २ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ ।

केबुलकार सञ्चालनको अवधिमा हालसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केबलकार हुँदै करिब १ करोड ८१ लाखभन्दा बढी तीर्थयात्री मनकामना मन्दिर पुगिसेकेको सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए ।

नेपाली–भारतलगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरु, चीनलगायतका अन्य विभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटक मनकामना केबुलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । एनालग प्रविधिमा सञ्चालित मनकामना केबुलकारलाई आउँदो वर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको