नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अन्य उच्च व्यवस्थापकीय पदहरू ३ महिनाभन्दा बढी समयसम्म रिक्त राख्न नपाइने भएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधनको मस्यौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि, ओभरटाइम (ओटी) व्यवस्था तथा अन्य कर्मचारीसम्बन्धी प्रावधानमा संशोधन प्रस्ताव गरेको हो। प्रस्तावित व्यवस्थाअनुसार कुनै पनि उच्च व्यवस्थापकीय पद खाली भएमा सम्बन्धित संस्थाले ३ महिनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्नेछ।
मस्यौदामा विनियमावलीमा उल्लेख गरिएका सेवाका शर्त तथा सुविधाबारे जानकारी लिनु प्रत्येक कर्मचारीको कर्तव्य हुने उल्लेख गरिएको छ। कर्मचारीले विनियमावलीबारे जानकारी नभएको कारण देखाउँदै बैंक वा वित्तीय संस्थाको कामकारबाहीमा असर पार्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
विनियमावली सबै कर्मचारीको सहज पहुँचमा रहने गरी प्रकाशित गरिने छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको सांगठनिक संरचना सञ्चालक समितिले निर्धारण गर्नेछ। विद्यमान संरचनामा परिवर्तन आवश्यक परेमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सञ्चालक समितिले आवश्यक निर्णय लिन सक्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस