फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ६६.१४ प्रतिशतले बढेर ३६ करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो नाफा २१ करोड ७६ लाख १४ हजार रुपैयाँमा सिमित थियो ।
समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा ५६ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ । यो नाफा ६६.१९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ३४ करोड १८ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ८५ करोड ३१ लाख ४८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले ५६ करोड २१ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ४५ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस