Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावरको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १७ : ३० मा प्रकाशित

सिईडिबी हाइड्रोपावरको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । 

आइतबार साँझ ५:१५ बजेसम्ममा १२ लाख ११ हजार ३ सय ४४ जना आवेदकले एक कराेड ८८ लाख ६४ हजार ३ सय २४ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक  सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ८.०५ गुणा बढी आवेदन हो ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हाे । 
आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। 

लगानीकर्ताहरुले उक्त आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको