Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको रिजर्भको आकार ५३६१.५४ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानीमा उछाल

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १३ : ४९ मा प्रकाशित

किसान लघुवित्तको रिजर्भको आकार ५३६१.५४ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानीमा उछाल

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १६२८.९० प्रतिशतले धेरै हो । को सोहि अवधिसम्म संस्थाले ५० लाख ११ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । 

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा ३४३.४० प्रशितशतले बढेर २६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६ करोड ७ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।  

संस्थाको सञ्चालन नाफा पनि ४०२४.५७ प्रतिशतले बढेर ११ करोड ३२ लाख पुगेको छ । गत वर्ष संस्थाको यस्तो २७ लाख ४५ हजार रहेको थियो । 
 
हाल यसको चुक्ता पुँजी ३९ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको जगेडा कोषमा पनि उछाल आएको छ अघिल्लो आर्थिक बर्षको यसै अवधिमा संस्थाको जगेडा कोषमा  ३३ लाख ५१ हजार रुपैया मात्र रहेकोमा अहिले यो ५३६१.५४ प्रतिशतले बृद्धि भएर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

संस्थाको खुद मुनाफामा उछाल आयसंगै संस्थाको प्रतिसेयर आम्दानीमा पनि ब्यापक बृद्धि भएको गत बर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ १९ पैसा मात्र रहेको अहिले त्यो बृद्धि भएर   २९ रुपैयाँ ४१ पैसा गुगेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६० पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको