Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुबित्तको उकालो यात्रामा ब्रेक

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ११ : १५ मा प्रकाशित

महिला लघुबित्तको उकालो यात्रामा ब्रेक

दोस्रोबजारमा कारोबार प्रारम्भ भयदेखिनै निरन्तर उकालो लागिरहको महिला लघुबित्ताको सेयर मूल्य भने आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो । 

आज प्रिसेसन कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएर ५ हजार २ सय रुपैयाँ पुगेको भएतापनि नियमित कारोबार प्रारम्भ भएको केहि मिनेटमा नै ओरालो लागेको हो । 

यो समाचार तयार पार्दा सम्म कम्पनीकनो सेयर मूल्य ७ प्रतिशतले घटेर ४ हजार ६ सय ५६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ओरालो लागेपनि दोस्रोबजारमा कम्पनीको सेयरको माग भने उच्च देखिएको छ । कम्पनीको सेयरको ४९ हजार ७५१ कित्ता खरिद आदेश हुँदा बिक्रि आदेश भने ६ हजार ६ सय २० कित्ता मात्र रहेको छ । 

609774a6889db.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको