सेयर लगानीकर्ता समिर जंग खड्काले सम्पत्ति शुद्धिकरणको डरले गर्दा सेयर बजार घटेको बताएका छन् । नयाँ सरकार बनेसँगै सम्पत्ति शुद्धिकरणको कारबाही तिब्र भएको असर सेयर बजारमा पनि देखिएको उनले बताएका हुन् ।
सरकारले पुँजी बजारका विषयमा यस्तो गर्न खोजिएको छ भनेर पनि बोल्दिनु पर्ने उनको भनाइ छ । स्पष्ट खाका ल्याउनु पर्ने अवस्था रहेको उनले बताए । ‘सरकारले पुँजी बजारका लागि कस्तो खालको खाका ल्याउँछ भन्नेमा लगानीकर्ता अन्यौलमा परे’ उनले भने ।
बजारका ठूला लगानीकर्ताको नाम समेत सम्पति शुद्धिकरणमा जोडिएकाले सरकारले स्पष्ट रुपमा कस्तो खालको कारोबारलाई कस्तो कारबाहि गर्ने हो त्यसको पनि खाता चाहिएको खड्काको भनाइ छ । अहिले लगानीकर्ता डराएकाले बजार त्यसको प्रभाव परेको छ । सन नेपाल लाइफको सीईओलाई पक्राउ परेको अवस्था छ । यीनीहरुको पनि बजारमा धेरै लगानी भएको बजार प्यानिक भएको उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस