सरकारले अपेक्षा अनुसार काम नगरेकाले सेयर बजारमा गिरावट आएको बताइएको छ । एक लगानीकर्ताले अर्थसंसारसँगको कुराकानीका क्रममा जे काम गर्छ भनेर अपेक्षा गरिएको थियो त्यो अनुसार सरकारले काम नगरेकाले बजार घटेको बताएका हुन् ।
उनका अनुसार सरकारले ल्याएको १०० बुँदे सुधारको कार्ययोजनामा समेत पुँजी बजारको सुधारका लागि केही कुरा समावेश भएन् । अझ बुँदा नमबर ४५ मा भनिएको कुराले लगानीकर्तालाई त्रसाउने काम भएको उनी बताउँछन् । त्यस पछि पनि करेक्सन गर्ने र लगानीकर्तालाई आश्वस्त बनाउन खालको कुरा नहुँदा बजार घटेको उनी बताउछन् । ‘सरकारले ल्याएको सुधारको कार्ययोजनामा पुँजी बजारका कुरा केही पनि समावेश गरेन । उल्टो लगानीकर्तालाई त्रसाउने खालको व्यवस्था गरेको छ,’ ती लगानीकर्ताले भने ।
अहिले फेरि सम्पत्ति शुद्धिकरण लगायत र दिपक भट्ट केशले पनि सेयर बजारमा लगानी गर्नेहरुको पनि ट्याक हुन्छ भन्ने कुराले पनि लगानीकर्ताहरु डराएको उनले बताए । ‘यसले गर्दा ठूला लगानीकर्ता पनि ढराए । ठूला ढराए पछि साना पनि डराएर र बजार घट्यो,’ उनले भने ।
विज्ञ अर्थमन्त्री आए पनि रास्वपाले पुँजी बजारको सम्बेदनशिलता नबुझेको उनको आरोप छ । अहिलेको अर्थमन्त्रीबाट लगानीकर्ताले निकै धेरै आश गरे पनि पुँजी बजारको सम्बेदनशिलता नबुझ्दा बजार घटेको उनले सुनाए । स्वर्णिम वाग्लेले उल्टो भूमिका खेलेकाले नै त्यसको प्रभाव बजारमा देखिएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस