Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना कहरः बन्द हुन थाले सिमेन्ट उद्योग

पत्रपत्रिका

विहीबार, ३० बैशाख २०७८, ०७ : ५१ मा प्रकाशित

कोरोना कहरः बन्द हुन थाले सिमेन्ट उद्योग

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् ।

डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्पm त्यति ध्यान पुर्याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’

हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् । खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको