Like us!
Follow us!
Connect us!
Watch us!

'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

पत्रपत्रिका

शनिबार, ०१ जेठ २०७८, ०७ : १४ मा प्रकाशित

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।   

विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै     विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो । 

जहाज नै उडान र अवतरण गरेर 'क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।   

'क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका   साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो । 

यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।  

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको