Like us!
Follow us!
Connect us!
Watch us!

गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्ने

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १६ : ०० मा प्रकाशित

गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्ने

जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि भैरहवादेखि पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको हो । मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले  विमान उडाउन लागेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो जुन पुस ६ गतेयता रोकिएको थियो । यद्धपी जजिराले माघ १९ देखि उडान सुरु गर्ने बताएपनि उडान सुरु गर्न सकिएको थिएन । जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्दैछ ।  जजिराको विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्नेछ र अग्रिम टिकट बुकिङ थालिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको