Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा कांग्रेसका राजुराज जोशीलाई पछि पार्दै एमालेका  विद्यासुन्दर शाक्य

सोमबार, ०८ जेठ २०७४, ०८ : ३८ मा प्रकाशित

काठमाडौंमा कांग्रेसका राजुराज जोशीलाई पछि पार्दै एमालेका  विद्यासुन्दर शाक्य

अर्थ संसार, 

काठमाडौं - काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्यले २६ हजार १५२ मत ल्याई अग्रता कायम राखेका छन् । 

नेपाली काँग्रेसका राजुराज जोशीले १८ हजार ५३०, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले १० हजार ५२०, साझा पार्टीका किशोर थापाले आठ हजार ११ तथा नेकपा (ओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई हजार ९४९ मत प्राप्त गरेका छन् । 

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २४ हजार १६२, राप्रपाका राजाराम श्रेष्ठले १५ हजार ८८५ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार १२१ तथा माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २३० मत प्राप्त गरेको छ । 

अहिलेसम्म ८१ हजार १८० मतगणना भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको