सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६१.१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधि कम्पनीको उक्त आम्दानी १ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन नाफा ३८ करोड ६८ लाख ९२ हजार रुपैयाँबाट बढेर ६२ करोड १८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल संञ्चालन आम्दानी १ अर्ब ४९ करोड २ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष ऋणात्मक अवस्थामा रहेको वितरणयोग्य नाफा चालु आर्थिक वर्षमा २४ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.५६ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस