Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १३ : १४ मा प्रकाशित

गणतन्त्र  नामले होइन, कामले बच्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए । 

वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनले बताए । यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे ।

उनले भने– 'गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन । गणतन्त्र खतरामा परेको भाष्य नै ठिक छैन । जनमत गणतन्त्रकै पक्षमा रहेकोले अत्तिहाल्नुपर्ने अवस्था छैन ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको