Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, १४ : ४१ मा प्रकाशित

गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

 कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०.६२ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवमा कम्पनीले  २ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ५ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा गत आवमा झण्डै ३ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै ४ करोड १५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा साढे ५३ करोड बढी, ऋण १ अर्ब ३२ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ८८ करोड रुपैयाँबढी रहेको छ।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र खराब कर्जा ३.०१ प्रतिशत रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको