Like us!
Follow us!
Connect us!
Watch us!

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा रिट दर्ता, नियुक्ति प्रक्रिया कानुनविपरीत भएको दाबी

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, १७ : ५८ मा प्रकाशित

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा रिट दर्ता, नियुक्ति प्रक्रिया कानुनविपरीत भएको दाबी

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिको प्रक्रियामा कानुनी प्रावधानको उल्लंघन गरिएको भन्दै शुक्रबार सर्वोच्च प्रशासनमा पुरक रिट निवेदन दर्ता गरिएको हो।

भट्टले कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिए पनि त्यो स्वीकृत भइसकेको छैन। त्यसै दिन दर्ता गरिएको रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थालाई बेवास्ता गर्दै नेताहरूको सहमतिमा नियुक्ति गर्न खोजिएको आरोप लगाइएको छ।

निवेदकहरूको दाबीमा कानुनी प्रक्रिया छोडेर गरिएको यस्तो कार्यले सुशासन ऐनको मर्मविपरीत प्रभाव पार्ने उल्लेख गरिएको छ।

यसअघि २ वैशाखमा दर्ता गरिएको मूल रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई नियुक्तिको प्रक्रियामा सहभागी नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ। आइतबारका लागि त्यस आदेशको छलफलसमेत तोकिएको छ, जसमा डा. भट्टविरुद्धको पुरक रिट पनि समावेश हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको