Like us!
Follow us!
Connect us!
Watch us!

सकसपूर्ण बन्दै चार महानगरपालिकाको  मतगणना

सोमबार, ०८ जेठ २०७४, ११ : २४ मा प्रकाशित

सकसपूर्ण बन्दै चार महानगरपालिकाको  मतगणना

अर्थ संसार, 
काठमाडौं– बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्याङक अनुसार नेकपा एमाले १ सय १५ स्थानमा, नेपाली कांग्रेस १०२ स्थानमा, माओवादी केन्द्र ४६ स्थानमा, अन्य ६ स्थानमा र राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा विजयी भएका छन् ।

मतपरिणाम आउने क्रम जारी भैरहँदा  देशको चार महानगरपालिकाको मतगणना भने सकसपूर्ण बन्दै गएको छ । चार महानगरपालिको मतगणना भैरहदा  भएका घटना यस प्रकारको छ । 

भरतपुर : ९ वडामा मत परक परेको भन्दै विरोध  
९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना शनिबार स्थगित भएको थियो । सर्वदलीय बैठकले १० बुँदे सहमति गरेसँगै मतगणना सुरू भएको थियो 

पोखरा : -पोखरामा अझै ममतगणना सुरु हुन सकेन 

शनिबार साँझा देखि  रोकिएको पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेन । फर्जी मतको आरोप लगाउँदै पार्टीका एजेण्टहरु बाहिरिएपछि शनिबार साँझ ४ बजेदेखि पोखरामा मतगणना हुन सकेको छैन ।

मतगणना सुरु गर्नका लागि पटक पटक बसेको सर्बपक्षिय बैठक समेत निष्कर्ष विहिन भयो । शनिबार राती नै पहिलो बैठक बसेको थियो ।

तर निर्वाचन आयोगका प्रतिनिधीले सही रुपमा सहजीकरण गर्न नसकेपछि बैठकबाट कुनै टुंगो अझै सम्म लगाउन सकेको छैन । 

१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलका एजेण्टहरुले बताएका छन् ।

फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको थियो । फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै एमाले वाहेकका दलले विरोध जनाउँदै आएका छन् । 

ललितपुरः– वडा नम्बर १५ मा मुचुल्का भन्दा २६ मत बढी भेटिएपछि एमालेद्धारा बहिस्कार 

ललितपुर महानगरपालिकाको वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि शुक्रबार एमालेले बहिस्कार नै गर्यो । 

कुल खसेको ३२५० मतमा २६ मत बढी भेटिएपछि एमाललेका प्रतिनिधिले मतगणना बहिस्कार थिए । पछि सर्वदलिय बैठक वसी पुन मतगणन सुरु गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको