अर्थ संसार
काठमाडौं– महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।
मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गरेकी छन् ।
साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौमहानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस