Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, १४ : ४१ मा प्रकाशित

दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

 यस वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायीहरू र ट्राफिक प्रहरीबीच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो।

हालैको आन्दोलनपछि लगाइएको कर्फ्यु हटेसँगै तीन दिनअघिदेखि नै टिकट काटेर सेवा सुरु भइसकेको र विद्यालय तथा स्कुलहरू बन्द भएकाले धेरै मानिसहरू घर फर्कन थालिसकेको अवस्थामा अग्रिम बुकिङको आवश्यक नभएको निष्कर्ष निकालिएको हो। यातायात व्यवसायीहरूले यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै विभागको निर्देशन पालन गर्ने प्रतिबद्धता जनाएका छन्। ट्राफिक प्रहरीले पनि यात्राको चापलाई ध्यानमा राखी सवारी व्यवस्थापन र भीड नियन्त्रणमा विशेष ध्यान दिने जनाएको छ।

त्यसैगरी, विभागले यात्रुहरूलाई आवश्यक परेको खण्डमा तत्काल टिकट किन्न सक्ने व्यवस्था कायम गरिएको बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको