Like us!
Follow us!
Connect us!
Watch us!

यूनिभर्सल पावरको साधारण आवहान: बोनस घोषणा, बोनस पछि शत प्रतिशत हकप्रद पनि जारी गर्ने

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, ०८ : ०४ मा प्रकाशित

यूनिभर्सल पावरको साधारण आवहान: बोनस घोषणा, बोनस पछि शत प्रतिशत हकप्रद पनि जारी गर्ने

यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश र अन्य विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा असोज २३ गते बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा लगानीकर्ताका लागि ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखिनेछ। बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद सेयर (१:१ अनुपात) जारी गर्ने निर्णय पनि एजेन्डामा समावेश छ। सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव सभामा पेश गरिनेछ।

सभा मार्फत आव २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी स्वीकृति दिने योजना छ। आगामी आव २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीअनुसार दुई जना सञ्चालकको निर्वाचन हुनेछ। त्यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरुले मात्रै सभामा सहभागिता जनाउन र लाभांश पाउन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको