Like us!
Follow us!
Connect us!
Watch us!

सीडीएससीले भदौ २३ गतेको सेयर कारोबारको राफसाफ स्थगित

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ०८ : ०२ मा प्रकाशित

सीडीएससीले भदौ २३ गतेको सेयर कारोबारको राफसाफ स्थगित

सीडीएससीले भदौ २३ गते सोमबार भएको सेयर कारोबारको राफसाफ प्रक्रिया तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। संस्थाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सो दिनको कारोबारको फर्छ्यौट र राफसाफ अर्को सूचना नआएसम्म अघि नबढाउने जनाएको हो।

उक्त दिन जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण धितोपत्र दलाल कम्पनीहरूको कारोबार समयमै फर्छ्यौट हुन नसकेको सीडीएससीले जनाएको छ। यसकारण, त्यस दिनको सम्पूर्ण कारोबार राफसाफ प्रक्रिया रोकिएको हो।

यद्यपि, भदौ २२ गते आइतबारको कारोबार भने नियमित रूपमा फर्छ्यौट भइसकेको जानकारी सूचनामा दिइएको छ।

 

68c8c93f65eaa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको