Like us!
Follow us!
Connect us!
Watch us!

जनजीको आन्दोलनले रोकिएको सेयर बजार बुधबारदेखि खुल्ने

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १७ : ३२ मा प्रकाशित

जनजीको आन्दोलनले रोकिएको सेयर बजार बुधबारदेखि खुल्ने

जेनजीको आन्दोलका कारणले रोकिएको सेयर बजार असोज १ गते बुधबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । 

नेप्सेले सेवोनमा सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो । विगतमा पनि भूकम्प तथा कोरोनाका बेला लामो समय बजार बन्द भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको